भूमिहीन बनाएको भन्दै सुनसरीको जनतावस्तीका वासिन्दा आन्दोलित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

भूमिहीन बनाएको भन्दै सुनसरीको जनतावस्तीका वासिन्दा आन्दोलित

Share This
१४ भदौ । दुई दशकदेखि बसोबास गर्दै आएको स्थानबाट हटाएर आफूहरुलाई भूमिहीन बनाएको भन्दै सुनसरीको इटहरी–५ स्थित जनतावस्तीका वासिन्दा आन्दोलित भएका छन् ।
सरकारले हदबन्दीभन्दा बढी भएको जग्गा रिजाल एण्ड क्यानिङ कम्पनीलाई भोगचलनका लागि दिए पनि संस्थाले सहमति अनुसार जग्गा प्रयोग नगरेकाले बसोबासका आधारमा स्थानीयवासीले स्वामित्वको माग गरेका छन् ।

सम्झौता अनुसार कम्पनीले प्रयोग गरेको ५२ विघा जमिनमा एघार सय ४७ घरपरिवारका ५ हजारभन्दा बढीको बसोबास छ । २०४७ सालदेखि बसोबास गर्दै आए पनि सुकुम्बासी बन्न बाध्य पारिएको भन्दै उनीहरुले जनताबस्ती सरोकार मञ्च गठन गरि चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् । भौतिक पूर्वाधारले समेत सम्पन्न जनताबस्तीको विकासका लागि सरकारले स्थानीयलाई जग्गाको स्वमित्व हस्तान्तरण नगरे कडा आन्दोलज गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here