२२ साउन । मोरङमा पछिल्लो समय काठ तस्करी तिव्र बनेको छ ।
जिल्ला वन कार्यालय मोरङले उपभोक्ताको आवश्यक्ता पुरा नगरी व्यवसायीहरुलाई काठ विक्रि गर्न थालेपछि काठ तस्करी बढेको हो । मोरङमा एक साताको अवधिमा मात्र चोरी तस्करीका ७ सय किवी सालको काठ प्रहरीले बरामद गरेको छ । जिल्ला बन कार्यालयले लिलाम गरेका काठ व्यवसायीहरुले काठमाण्डौ लगायत अन्य जिल्लामा लैजाने गरेपछि मोरगंका उत्तरी चुरेखण्डमा काठ कटान समेत तिव्र भएको स्थानीयले बताएका छन् ।
दुइ दिनअघिमात्र प्रहरीले मधुमल्ला क्षेत्रबाट तस्करी गरिएको २ सय ५० कि वि काठ मोरङको पथरीमा पक्राउ गरेको छ । मोरङमामात्रै बर्षेनी २५ हजार कि वि काठको माग रहेपनि यो परिमाणको काठ जिल्लामा उत्पादन नहुने भएकोले काठ अभाव भएको जिल्ला बन कार्यालय मोरङले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

मोरङमा काठ तस्करी तीब्र
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment