नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

Share This
१७ साउन । भदौ १ देखि सिंगापुरमा हुने एसीसी इमर्जिङ टिम्स कपको तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका प्रस्थान गरेको छ ।
इमर्जिङ टिम्स कपको उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको नेपाली टिमले श्रीलंकामा १५ दिन हुने अभ्यासका दौरान स्थानीय टिमसँग अभ्यास खेल खेल्नेछ । नेपाली टिमका १५ मध्ये १० खेलाडी र अफिसियल मात्र गएका छन् । प्रदीप ऐरी र अनिल मन्डल व्यवसायिक खेलका लागि श्रीलंकामै छन् । यस्तै क्यानेडेली लिगमा खेलिरहेका बसन्त रेग्मी र राहुल विक अगामी आइतबार श्रीलंका जाने छन् ।

यस्तै बसन्तसँगै क्यानाडामा लिग खेलिरहेका नेपाली टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल साउन २५ गते श्रीलंका प्रस्थान गर्नेछन् । श्रीलंका बसाइको क्रममा नेपाली टिमले पाँच अभ्यास खेल खेल्नेछ । नेपालले चार म्यान श्रीलंकाको २० बर्ष मुनिको राष्ट्रिय टिमसँग खेल्नेछ भने एक खेलाडी क्षेत्रीय टोलीविरुद्ध खेल्नेछ ।
श्रीलंकाबाट नेपाली टिम इमर्जिङ टिम्स् कप खेल्ने सिधै सिंगापुर जानेछ । श्रीलंका उड्नुअघि नेपाली टिमका प्रशिक्षक पुबुदु दसानायकेले श्रीलंकामा नेपाली टिमले स्तरीय टिमसँग अभ्यास खेल खेल्ने बताए । इमर्जिङ टिम्स् कपमा नेपाली टिमको प्रदर्शन उच्च हुने दसानायकेको भनाइ छ । साथै एकदिवसीय र टी–ट्वान्टी विश्वकपको छनोटअघि हुने प्रयितोगिताले नेपाललाई धेरै फाइदा पु¥याउने दसानायकेले बताए ।

यता नेपाली टिमका कप्तान पारस खड्काले नेपालमा मौसमको खराबीले आउटडोर प्रशिक्षण गर्न नपाएले श्रीलंका बसाइ फलदायी हुने विश्वास गरे । उनले श्रीलंकास्तरीय प्रशिक्षण हुने भएकाले नेपाली टिमले टिम्स् कपमा उपाधिका लागि खेल्ने बताए ।
विश्वकप छनोटअघि प्रतियोगिता खेल्न पाउदा टिम मनोबल बढ्ने पनि पारसले बताए । भदौ १ देखि सिंगापुरमा हुने टिम्स कपमा नेपाल सम्मिलित समूह ‘ए’मा अफगानिस्तानसँगै भारत र पाकिस्तानको २३ बर्ष मुनिको राष्ट्रिय टिम छन् । समूह बीमा यूएई र सिंगापुरसँगै बंगलादेश र श्रीलंकाको २३ बर्ष मुनिको राष्ट्रिय टिमबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल अफगानिस्तानसँग भदौ १ मा खेल्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here