२७ साउन । आर्सनल विरुद्धको क्लब मैत्रिपुर्ण फुटबल खेलमा म्यान्चेस्टर सिटी पराजित भएको छ ।
गएराती भएको खेलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई एकका विरुद्ध तिन गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको ९ मिनेटमै आर्सनलका लागी थियो वाल्कटले पहिलो गोल गदै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको पहिलो हाफसम्म एक—शुन्य गोल अन्तरले अगाडी रहेको आर्सनलका लागी खेलको ५९ औ मिनेटमा रयाम्जीेले गोल गरे । खेलको ६२ औ मिनेटमा जिराउडले गोल गरेपछि म्यान्चेस्टर सिटी तिन—शुन्य गोल अन्तरले पछाडी परेको थियो । खेलको ८० औ मिनेटमा सिटीका लागी नेग्रेडोले एक मात्र सान्त्वना गोल फर्काएका थिए । त्यसपछि खेलमा थप गोल भएन र खेल आर्सनलले तिन—एक गोल अन्तरले जित्यो । त्यस्तै, गएराती नै भएको अर्को खेलमा लिभरपुल सेल्टिकसंग एक—शुन्य गोल अन्तरले पराजित भएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment