सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

Share This
१७ साउन । जंगली हात्तीको आक्रमणबाट सर्लाहीको ढुंग्रेखोलामा विहीबार विहान एक महिलाको मृत्यु भएको छ ।
ढुंग्रेखोला–८ की पूर्णीमा मोक्तानको हात्तीको आक्रमणवाट मृत्यु भएको हो ।
घरमा सुतिरहेको बेला मोक्तानलाई विहान ३ बजे हात्तीले एक्कासी आक्रमण गरेको प्रहरीले जनाएको छ ।
पहिले सर्लाहीको पत्थरकोटस्थित हिरापुरमा पनि एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भएको थियो । हरेक वर्ष चितवन तथा पर्सा वन्यजन्तु आरक्ष क्षेत्रबाट सर्लाही तर्फ प्रवेश गर्ने जंगली हात्तीको समुहले जनधनको क्षति पु¥याउँदै आएको छ । हात्तीले आक्रमण गरेर मानिसको ज्यान लिए पछि अहिले ढुंग्रेखोला र आसपासका क्षेत्रका सर्वसाधारण त्रसिद बनेका छन् ।

सलाइहीमा जंगली हात्तीको आक्रमणबाट यो वर्ष दुई जनाको ज्यान गएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here