जासुसी निगरानी कार्यक्रम थप पारदर्शी बनाउने ओबामाको प्रतिबद्धता

२६ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले जासुसी निगरानी कार्यक्रमहरु थप पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ओबामाले निगरानी कार्यक्रमहरुको गलत प्रयोग नभएको बताउँदै अझै पारदर्शी बनाउने तर बन्द भने नगर्ने बताएका हुन् । अमेरिकाको वासिङ्टनमा भएको एक कार्यक्रममा राष्ट्रपति ओबामाले निगरानी कार्यक्रमप्रति जन विश्वास हुनुपर्ने बताएका छन् ।

सिआईएका पुर्व सुचना प्राविधिक इडवार्ड स्नोडेनले अमेरिका सरकारले लाखौं नागरिकको फोन तथा इमेल रेकर्ड गरेको सार्वजनिक गरेसँगै सरकारको व्यापक आलोचना हुँदै आएको छ ।

ओबामाले इडवार्ड स्नोडने देशद्रोही भएको समेत प्रतिक्रिया दिएका छन् । रसिया सरकारबाट एक बर्षका लागि राजनैतिक शरण पाएका स्नोडेन अमेरिका फर्किएर अदालतमा आफुलाई निर्दोश प्रमाणीत गर्न समेत ओबामाले चुनौती दिएका छन् । स्नोडेन प्रकरणलाई लिएर रसिया र अमेरिका विच कुटनैतिक तनाव बढेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...