२६ साउन । भुटानमा जारी किङ्स कपमा नेपाली लिग विजेता थ्रिस्टार क्लब सेमीफाइनलमै रोकीएको छ ।
शुक्रबार थिम्पुस्थित स्थानीय रंगशालामा भएको दोस्रो सेमफाइनलमा घरेलु लिग विजेता यिड्जिन फुटवल क्लबसंग १–० ले पराजित भएको हो ।
खेलको ६२ औ मिनेटमा घरेलु टोलीका स्टन्लीले गरेको एक मात्र गोल नै क्लबका लागि उपाधि भिडन्तका लागि पर्याप्त रह्यो ।
आफ्ना क्लबका ११ जना खेलाडी राष्ट्रिय टोलीमा परेको तथा विगतमा उत्कृष्ट प्रदर्शन गरेका फेमी जोश्वा पनि घाइतेभएपछि दोस्रो रोजाइका खेलाडी खेलाएको थ्रीस्टारले समुह चरणमा राम्रो प्रर्दशन गरेपनि सेमिफाईलनमा घरेलु टोलीसामु निरीह बन्यो ।
नेपाली लिग विजेतालाई हराएको यिड्जिन फुटवल क्लबले अब उपाधिका लागि भोलि नेपालकै अर्को टोली मनाङ मर्स्यादी क्लबसँग प्रतिश्पर्धा गर्ने भएको छ । मनाङ यसअघि भारतीय क्लब युनाइटेड सिक्किमलाई ६–० ले हराउदै फाइलनमा पुगेको हो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment