बाजुरामा विरामी बढे - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बाजुरामा विरामी बढे

Share This
कृष्ण ओली
२५ साउन । जिल्ला अस्पताल बाजुरामा विरामीको संख्या बढेको छ ।
मौसममा आएको परिवर्तत तथा र दूषित पानीको सेवनाका कारण विारमीहरुको संख्या बढेको हो । साउनको पहिलो साताबाट विरामीको संख्या तुलनात्मक रुपमा बढेको जिल्ला अस्पतालले जनाएको छ । पछिल्लो समयमा अस्पतालमा १ सय ६० भन्दा बढी विरामी उपचारकालागि अस्पताल आउने गरेका छन् । अस्पतालमा विारमीको संख्या बढेपछि उपचारमासमेत समस्या हुने गरेको छ ।

अस्पताल पुगेको अधिकांश विरामीमा भाइरल ज्वरोको प्रकोप बढी देखिएको छ । मौसम, पानी र अन्य व्यक्तिगत रुपमा सरसफाईमा ध्यान नदिँदा यो समयमा सरुवा रोगको संक्रमण बढी देखिने गरेको डाक्टर डाक्टरको भनाइ छ । अस्पतालमा भाइरल ज्वरो, टाइफाईट, रुघाखोकी, आउँ, झाडापखा भएका विरामीहरुको उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

जिल्लाअस्पताल बाजुरामा मात्र नभई जिल्लाका हरेक स्वास्थ्य चौकीमा पनि विरामीहरुको चाप हुने गरेको छ । स्वास्थ्य संस्थामा विरामीको चापसँगै औषधिको अभावसमेत हुने गरेको छ ।

जिल्ला स्वास्थ्यले औषधि लिन सबैजसो स्वास्थ्य संस्थालाई पत्राचार गर्दा समेत बाटोका कारण गाउँमा ढुवानी गर्न समस्या हुँदा अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको हो ।

यसैगरी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ११ गाविसमा आधारभूत सेवा बाहेक अन्य स्वास्थ्य सेवा बिगत डेढ वर्ष देखि प्रभावित बनेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा कार्यरत डाक्टर विश्वराज बराल अघिल्लो वर्षको चैत्रमा सरुवा भएर गएदेखि नै सेवा प्रभावित बनेको हो । जिल्लाका ११ गाविसकासाथै हुम्ला र मुगु जिल्लाका विरामीहरुकालागि पाएक पर्ने ठाउँ प्राथमिक स्थास्थ्य केन्द्र कोल्टीमा लामो समयसम्म डाक्टर नहुँदा झन विरामीको विचल्ली परेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here