बुण्डेसलिगा आजबाट शुरु, पहिलो खेलमा वार्यन म्युनिख र बोरुसिया भिड्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बुण्डेसलिगा आजबाट शुरु, पहिलो खेलमा वार्यन म्युनिख र बोरुसिया भिड्दै

Share This
२५ साउन । जर्मन फुटबल लिग बुण्डेसलिगा आज रातिबाट सुरु हुँदैछ ।
नेपाली समय अनुसार राति सवा १२ बजे हुने नयाँ सिजनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्ल्याडब्याचको सामना गर्नेछ ।
गत सिजन बोरुसियाले लिग तालिकाको आठौं स्थानमा चित्त बुझाएको थियो । स्पेनिस क्लव बार्सिलोनाका पूर्व प्रशिक्षक पेपे ग्वार्डियोला बायर्न म्युनिखसँग आवद्ध भएको समाचार आएदेखिनै जर्मन फुटबल लिग बुण्डेसलिगाप्रति फुटबल पे्रमिहरुको चासो बढेको छ ।

बुण्डेसलिगामा कुल १८ टोलीले प्रतिस्पर्धा गर्छन्, जसमध्ये शीर्ष तीन च्याम्पियन्स लिगका लागि छनोट हुन्छन् भने चौंथोले च्याम्पियन्स लिग छनोटका लागि प्ले–अफ खेल्छ ।

पाँचौं र छैठौंले युरोपा लिगमा स्थान बनाउँछन् भने अन्तिम दुई टोली रेलिगेशनमा परेर बी डिभिजनमा घटुवा हुन्छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here