३१ साउन । सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबल प्रतियोगिताको तयारीमा रहेको इंग्ल्याण्डले स्कटल्याण्ड बिरुद्धको मैत्रिपुर्ण खेल जितेको छ ।
गएराती भएको खेलमा इङ्ग्ल्याण्डले स्कटल्याण्डलाई दुईका बिरुद्ध तिन गोल अन्तरले जितेको हो । खेल सुरु भएको ११ मिनेट पनि बित्न नपाउदै स्कटल्याण्डका लागी जेम्स मोरिसनले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । मोरिसनको गोलपछि निकै आक्रामक खेल खेलेको इंग्ल्याण्डका लागी २९औं मिनेटमा थिव वाल्कटले गोल गदै खेललाई एक—एक गोलको बराबरीमा ल्याएका थिए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम एक—एक गोलको बराबरीमा रोकिएका थिए । खेलको ४९ औ मिनेटमा स्कटल्याण्डका केन्नी मिलेरले गोल गदै खेललाई दुई—एकको स्थितीमा पु¥याए । ५३ औ मिनेटमा पुन वाल्टकले गोल गर्दै दुई—दुई गोलको बराबरीमा ल्याए । खेलको ७० औ मिनेटमा रिकी लामबेर्टले गोल गरेपछि स्कटल्याण्ड स्तब्ध भएको थियो । त्यस्तै, गएराति नै भएको अर्को खेलमा अर्जेन्टिनाले इटालीलाई दुई—एक गोल अन्तरले पराजित गरेको छ ।
अर्जेन्टिनाका लागि खेलको २१ औ मिनेटमा गोन्जाले हिगुयन र ४९ औ मिनेटमा बानेगाले १ गोल गरे । यता इटालीका लागि ७५औं मिनेटमा एल इनसिग्नेले एक गोल फर्काएका थिए । गएराती नै सम्पन्न भएको अन्य खेलहरुमा स्पेनले इक्वेडोरलाई दुई—शून्य गोल अन्तरले, स्विजरल्याण्डले ब्राजिललाई एक—शुन्य गोल अन्तरले तथा उरुग्वेले जापानलाई चार—दुई गोल अन्तरले जितेको छ । पोचुर्गल र नेदरल्याण्ड विचको खेल भने एक—एक गोलको बराबरीमा सकिएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment