बेलवारीको घटना नियोजित रुपमा घटाइएको राष्ट्रिय महिला आयोग निष्कर्ष - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बेलवारीको घटना नियोजित रुपमा घटाइएको राष्ट्रिय महिला आयोग निष्कर्ष

Share This
१७ साउन । राष्ट्रिय महिला आयोगले मोरङको वेलबारीमा साउन छ दलित महिला माया सार्कीमाथी भएको बलात्कार प्रयासको घट्ना नियोजित भएको निष्कर्ष सार्वजनिक गरेको छ ।
महिला आयोगले गठन गरेको छानविन टोलीले स्थलगत रिपोर्टमा घट्नालाई नियोजित भनेपनि नियोजित प्रमाणित हुने तथ्य भने आयोगले सार्वजनिक गरेको छैन । कानुनी बाध्यता र स्रोतको संरक्षण गर्नुपर्ने भन्दै आयोगको स्थलगत छानविन प्रतिवेदन पनि सार्वजनिक भएको छैन ।

आयोगले साउन छ गते वेलबारीकी पीडित महिला रगतले भिजेको अवस्थामै प्रहरीमा पुगेर उजुरी गराउन समेत कुर्नुपरेको भन्दै प्रहरीले पीडितलाई आवस्यक सहयोग नगरेको आरोप लगाएको छ ।

आयोगले पीडितलाई घाइते अवस्थामै प्रहरीले हुलिया मिलेको व्यक्तिसँग माफि माग्दै मिलापत्र गराइएको तथा वास्तविक पिडकको खोजी कार्य अघि नबढाएको पनि आरोप लगाएको छ ।

प्राथमिक चरणमा प्रमाण संकलन गर्ने प्रहरीले बेलबारी घटनामा मौनता साधेर थप घट्ना भएको आयोगको निष्कर्ष छ । प्रहरी कार्यलयमा मिलापत्र पछि स्थानीयले ‘यसको फैसला गाउँ समाजले भोली गर्छ’ भन्ने धम्कि दिएपछि पनि प्रहरीले आवस्यक सूरक्षा प्रवन्ध नगर्दा भोलीपल्टको दुव्र्यवहारको भएको आयोगको दावी छ ।

आयोगको प्रतिवेदनले घट्नामा दुइजना पत्रकारले उक्साउने काममा भूमिका खेलेको आरोप समेत लगाएको छ । साथै, घट्नामा स्थानीय राजनीतिक दलले मिलापत्रको बहानामा पीडकलाई संरक्षण दिएको आयोगको दावी छ ।
गत साउन छ गते वेलवारीकी महिलामाथि बलात्कार प्रयास गर्ने कृष्ण सुन्दास झापाबाट मंगलबार पक्राउ परेका छन् । प्रहरीमा उजुरीपछि पीडितलाई दुव्र्यवहार गर्ने छ जना प्रहरी नियन्त्रणमै छन् । तर धम्कि दिँदादिँदै आवस्यक सुरक्षा सर्तकता नअपनाउदा भएको दुव्र्यवहारको घट्नाले प्रहरी चुकेको देखिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here