असुरक्षित भएको भन्दै सिराहाको सारस्वरबासी विस्थापित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

असुरक्षित भएको भन्दै सिराहाको सारस्वरबासी विस्थापित

Share This
२७ साउन । गत शुक्रबार दुइपक्षबीच भएको झडपपछि असुरिक्षत भएको भन्दै सिराहास्थित सारस्वरबासी विस्थापित भएका छन् ।
पुनः झडप हुने त्रासले स्थानीयहरु विस्थापित बनेपछि गाउँमा महिला, बालबालिका र बृद्ध बृद्धामात्रै रहेका छन् । सारस्वरनाथ महादेव मन्दिरमा जल चढाउन आउने महिलाहरुलाई अभद्र व्यवहार गरेको भन्दै भएको विवादले उग्र रूप लिएको थियो । छिमेकी जिल्ला धनुषाबाट आएको समूहले तोडफोड र लुटपाट गरेको थियो ।

झडप, तोडफोड र आगजनीबाट भयभित भई गाउलेहरुले गाउँ छोडेर विस्थापित भएको प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी ठाकुरले सारस्वरमा सुरक्षाको भरपर्दो व्यवस्था गरेको बताउनुभयो । घटनास्थलमा सद्भाव ¥याली निकाल्ने प्रयासस्वरुप छलफल भइरहेको स्थानीय राजनीतिक दलका नेताहरुले बताएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here