नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपाल पहाडीको अन्येष्टि गरियो

३ भदौ । नेपाली कांगे्रसका केन्द्रीय सदस्य गोपाल पहाडीको पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

पहाडीको पार्थिव शरिरमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला लगायतका अन्य नेता तथा कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली दिएका थिए । मुटु रोग, मृगौला, मधुमेह र हृदयाघातको समस्याबाट पीडित ६८ वर्षीय पहाडीको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामङगलमा आज विहान ७ बजे निधन भएको हो ।

पहाडीलाइ गत असार दोस्रो सातादेखि अस्पताल भर्ना गरिएको थियो । पहाडीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिन आज विहान १० बजे देखि पार्टी कार्यालय सानेपामा राखिएको थियो । सभापति सुशील कोइराला तथा पार्टीका नेता तथा कार्यकर्ताले स्वर्गीय पहाडीप्रति श्रद्धाञ्जली दिएका थिए । त्यस क्रममा सभापति कोइरालाले पहाडी योग्य र अनुभवी नेता भएको बताउनुभयो ।

विसं २००२ मा सङखुवासभाको मादिराम्बेनी गाविस– १ मा जन्मिएर जीवनभर अविवाहित रहेका नेता पहाडीले मुलुकको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल जीवन बिताउनु भएको थियो ।

बिगत १७ वर्षदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य रहेका पहाडी २०३६ देखि २०५२ सालसम्म सङखुवासभा कांग्रेसको सभापति हुनुहुन्थ्यो । उहा“ २०४८, २०५६ र २०६४ सालको संसदीय र संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...