इमान्दारिताको कदर, १० हजार पुरस्कार पाइन् (फोटो फिचर) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

इमान्दारिताको कदर, १० हजार पुरस्कार पाइन् (फोटो फिचर)

Share This
३२ साउन । बस पार्क, यातातायमा सवार गर्दा अथवा जुनसुकै ठाउँमा कोही मानिस परिचित तथा अपरिचित मानिसहरुको सामान चोरेर प्रहरीको खोरमा पुग्छन् त कोही बसभित्र भेटिएको बेवारिसे सामान भेटाएर प्रहरीलाई बुझाई स्याबासी पाउँछन् । संयोगले एक हप्ताबीच सुर्खेतमा यस्तैखाले दुई व्यक्ति भेटिए ।

सडकमा तरकारी बिछ्याएर व्ययवसाय गर्ने एरि चोककी नन्दा कार्कीले मंगलबार छिन्चुबाट सुर्खेत आउँदै गर्दा ना ३ ख ४७३६ नम्बरको बसभित्र बेवारिसे झोला भेटाइन् । खोलेर हेर्दा सुनको रिङ, सिक्री र १० हजार नगद थियो । उनले त्यो सामान भोलिपल्टै प्रहरी कार्यालयमा बुझाइन् । उनले भनिनि–‘अरुको सामान लगेर धनी हुनुभन्दा उसैलाई फिर्ता गर्नु उचित ठानेर प्रहरीलाई बुझाएकी हुँ ।’
हुन त उनी सडकमा बसेर तरकारी बेच्छिन् । तर उनले लोभको भाँडोलाई फुटाएर सबैसामु आपूmलाई नमूना बनाइन् । उक्त सामान मेहलकुनास्थित रामचन्द्र प्रावि तोरीबारीका प्रधानाध्यापक इन्द्रा थापाको भएको पुष्टि भयो । छिन्चु हुँदै सदरमुकाम वीरेन्द्रनगर आउँदै गरेका इन्द्राको झोला बसमा छुटेको थियो ।
प्रहरीले बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी भेटिएको सामान थापालाई हस्तान्तरण ग¥यो । हराएको सामान पाएपछि थापाले इमान्दारिताको कदर गर्दै थापाले उक्त सामान पाउने महिलालाई दश हजार रुपैयाँ पुरस्कार दिए ।
तरकारी व्यवसायी महिलाले इमानदारितास्वरुप पुरस्कार थापिरहँदा प्रहरीको खोरमा एक युवक हावा खाइरहेका थिए । साउन २५ गते रात्रि गस्तीको क्रममा एकजना शंकास्पद व्यक्तिको खानतलासी गर्दा करिब एक तोला सुन र ३१ हजार २ सय ६७ रुपैयाँ नगद भेटियो । सुन र नगदसहित पक्राउ परेका व्यक्तिले उक्त सामान कसको हो भन्ने थाहा नभएको बयान दिएका एसपी प्रकाश अधिकारीले बताए । ‘मैले बसबाट यो सुन र नगद चोरेको हुँ,’ ती व्यक्तिको बयान उदृत गर्दै एसपी अधिकारीले भने, ‘सामान कसको हो भन्ने मलाई थाहा छैन ।’




No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here