किक बक्सिङ प्रतियोगिता काठमाडौँमा शुरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

किक बक्सिङ प्रतियोगिता काठमाडौँमा शुरु

Share This
२४ साउन । प्रथम राष्ट्रिय किक बक्सिङ प्रतियोगिता काठमाडौमा बिहीवारबाट सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदश्य सचिव युवराज लामाले प्रतियोगिताको उद्धघाटन् गर्नुभयो । प्रतियोगितामा पॉच विकास श्रेत्रका १ सय २० खेलाडीले लाइट कन्टयाक्ट, सेमी कन्ट्याक्ट र फुल कन्ट्याक्ट गरी तीन बिधाका खेल खेल्नेछन् । राष्ट्रिय खेलकुद परिषदको सेमिकर्भडहलमा खेलाडीहरुले ६ तौल समुहमा प्रीतस्पर्धा गर्नेछन् । प्रतियोगिताका सम्पुर्ण खेलहरु राष्ट्रिय खेलकुद परिषदको सेमिकर्भडहलमा सन्चालन हुनेछ । तीन दिन सम्म सन्चालन हुने प्रतियोगितामा खेलाडीहरुले ९८ पदकका लागी खेल्नेछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here