साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

Share This
१४ भदौ । अखिल नेपाल फुटबल संघ एन्फाले शनिबारदेखि काठमाडौंमा हुने आठौ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
एन्फाले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र हल्चोक मैदानमा हुनेछन् । प्रतियोगिताका १० वटा खेल दशरथ रंगशालामा र ५ वटा खेल हल्चोक मैदानमा हुनेछन् । प्रतियोगिताको विजेताले ५० हजार अमेरिकी डलर, दोस्रो हुनेले २५ हजार र सेमिफाइनलसम्म पुग्ने दुई वटा टिमले समान १०—१० हजार अमेरिकी डलर नगद पुरस्कार प्रँप्त गर्ने एन्फाले जनाएको छ । यसैबीच एन्फालाई दक्षिण एसियाली फुटबल महासंघले ४ लाख अमेरिकी डलर र नेपाल सरकारले ६० लाख रुपैयाँ प्रदान गरेको एन्फाका अध्यक्ष गणेश थापाले जानकारी दिएका छन् । दर्शकहरुका लागि साधारण प्याराफिटतर्फ ३ सय र भीआईपी प्याराफिटतर्फ ७ सय रुपैयाँको टिकट लाग्नेछ । प्रतियोगिताअन्तर्गत शनिबार हुने उद्घाटन खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, भुटान र माल्दिभ्सका टिमको सहभागिता छ । प्रतियोगिता ११ दिनसम्म चल्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here