जनैपूर्णिमाको अवसरमा बाजुराको बडीमालिकालगायतका शक्तिपीठमा मेला (फोटो फिचर) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

जनैपूर्णिमाको अवसरमा बाजुराको बडीमालिकालगायतका शक्तिपीठमा मेला (फोटो फिचर)

Share This
कृष्ण ओली ।
३ भदौ । बाजुराको प्रमूख धार्मिकस्थल बडीमालिका लगायत जिल्लाका दर्जनबढी शक्तिपीठहरुमा मंगलबार मेला लाग्ने भएको छ ।धार्मिकरुपमा महत्व बोकेका आस्था र भरोसाका केन्द्रका रुपमा परिचित जिल्लाका बडीमालिका, बुढीनन्दा, बढालेक, दुनालेक, शाहीमाण्डौं, भवानीमाण्डौ लगायतका शक्तिपीठहरुमा एकैदिन मेला लाग्ने भएको हो ।
प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन भव्य मेला सहित पुजाअर्चन गर्ने गरिन्छ । सुदूरपश्चिमकै सुप्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थलका रुपमा परिचित बडीमालिका, शक्तिको केन्द्र बुढीनन्दा लगातएका शक्ति पीठहरुमा रहेका भगवतिप्रति स्थानीयको विश्वास र आस्था बराबर रहेको पाइन्छ । पुजा पाठपनि आ–आफ्नै शैली र संस्कारका आधारमा गर्ने गरेको बुढीनन्दाका माईका करिया सतबीर बोहराले बताएका छन् । बुढीनन्दा माईको मन्दिर ५ हजार मिटर उचाइमा अवस्थित छ । मन्दिर परिसरमा ६ वटा भन्दा बढी तालहरु छन् । प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व बढी भएपनि धार्मीक आस्था र विश्वास सबै ठाउँमा बराबर रहेको बढालेक भगवतिका पुजारी भविन्द्र ओलीले बताउनुभयो ।

जिल्लाका सबैजसो धार्मिक शक्ति पीठहरुमा बडीमालिका जाने भक्तजनको जति संख्या नभएपनि दर्शनका लागि भने सुदूरपश्चिमका अधिकांश जिल्लाबाट दर्शनका लागि आउने गरेको पाइन्छ । यो वर्ष बडीमालिका भगवतिको दर्शनका लागि जानेको संख्या अघिल्लो वर्षको भन्दा बढी पाईएको छ । भीड नियन्त्रण, व्यवस्थित र सहज गर्न जिल्ला स्काउट दल र रेडक्रस कर्मी विद्यार्थीहरुको टोली खटाइएको छ । थप सुरक्षाका लागि पनि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय मार्तडीले बताएको छ ।

बडीमालिकामा जिल्ला भित्र र बाहिरबाट दर्शनका लागि जानेको संख्या वृद्धि भएको मार्तडीका स्थानीय करे रावलले बताउनुभयो । बडीमालिका जाने श्रद्धालु भक्तजनहरुलाई यो वर्ष खान, बस्नको राम्रो व्यवस्था छ, मालिकाको त्रिवेणि नजिकबाट टेलिफोन सम्पर्क गर्दै आशा थापाले बताईन । बडीमालिका भगवतिको दर्शनका लागि यो वर्ष मध्यपश्चिमबाट बढी दर्शनार्थी आएको खबर छ । देशमा स्थायी शान्तिको कायम र राजनीतिक स्थायीत्वका कामना गर्दै बाजुरा, डोटी, जुम्ला र कालीकोटका श्रद्धालु भक्तजनको पनि त्यत्तिकै मात्रामा उपस्थिति रहेको छ ।

मंगलबार अर्थात जनैपूर्णिमाको अघिल्लो दिन तिर्थालुहरुले शुद्ध खानेकुरा खाई यात्रा अवधिभर ब्रत बस्ने र भगवती कै ध्यान गर्ने गर्दछन् । यसो गर्दा ‘दुखिलाई सुख, निसन्तानीलाई सन्तान, अनि गरीबलाई धन’ लाभ हुने मनले चिताएको पुग्ने धार्मीक विश्वास रहदै आएको छ । मन्दिरका पुजारी भानुभक्त पाध्याय सहितको टोलिपनि सोमबार नै त्रिवेणी पुगिसकेका छन् ।

दर्शनार्थीहरु धार्मिक आस्थासँगै १४० बढी जातका फूल, १३० जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चरा, २२ वटा घाँसे मैदान, तीन वटा नदिको संगम रहेको पवित्र धाम त्रिवेणी र दर्जैनौ देशका जिल्लाहरुलाई नियाल्न सकिने अग्गा अग्ला हिमश्रृखलाहरुको अवलोकनका लागि जाने गरेको पाइन्छ । बडीमालिका मन्दिरको पुजा सकेर पञ्चमीका दिन भदौ पाँच गते नाटेश्वरी मन्दिरमा बलिदिने प्रचलन छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here