पर्यटकको यात्राका लागि रातो नम्बर प्लेटको सवारी साधन पनि प्रयोग गर्न पाउनुपर्छ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पर्यटकको यात्राका लागि रातो नम्बर प्लेटको सवारी साधन पनि प्रयोग गर्न पाउनुपर्छ

Share This
२६ साउन । पर्यटन व्यवसायीहरुले रातो नम्बर प्लेटभएका यातायातका साधनबाट पनि पर्यटकले यात्रा गर्न पाउनुपर्ने बताएका छन् ।
काठमाडौमा शनिबार भएको कार्यक्रममा पर्यटन व्यवसायीहरुले हरियो नम्बर प्लेट नम्बरका सवारी साधन नभएको अवस्थामा पर्यटकका लागि रातो नम्बर प्लेटको सवारीसाधन पनि प्रयोग गर्न पाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव लिलामणि पौडेलले पर्यटन व्यवसायले देशको अर्थतन्त्रमा टेवा पु¥याउने भन्दै पर्यटन व्यवसायको समस्या समाधानमा सरकार तत्पर रहने बताउनुभयो । यसैगरी कार्यक्रममा भौतिक योजना यातायात मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले पर्यटन व्यवसाय विकास गर्न यातायाता सेवामा थप सुधारका योजना ल्याउन लागेको समेत जानकारी दिनु भयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here