चीनमा बाढी र पहिरोका कारण १ सय ७ जनाको मृत्यु

४ भदौ । चीनमा केही दिन यताको बाढी र पहिरोका कारण १ सय ७ जनाको मृत्यु भएको छ ।

चिनिया सरकारी समाचार संस्थाका अनुसार, उत्तरी र दक्षिणी चीनमा लगातारको बर्षा र बाढी पहिरोले सबै भन्दा बढी प्रभाव पारेको हो । बाढीले लाखौं हेक्टर खेती र सडक समेत बगाएको जनाइएको छ । हेलिअनजियाङ, जिलिन, लएओनिङ लगायतका लयओनिङ प्रान्तमा ५० बर्ष यताकै ठुलो बाढी आएको अधिकारीले बताएका छन् ।

यी प्रान्तहरुका करिब ४० लाख मानिसहरु बाढी प्रभावित भएको जनाइएको छ । प्राकृतिक विपत्तिका कारण २ अर्ब अमेरिकी डलरको क्षति भएको सरकारी अधिकारीले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...