गल्तीको सजाय भोग्न तयार रहन सिरियाली राष्ट्रपतिलाई ओबामाको चेतावनी

१५ भदौ । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले आफूले गरेको गल्तीको सजाय भोग्न तयार रहन सिरियाली राष्ट्रपति बसर अल असद्लाई चेतावनी दिएका छन् ।

सिरिया सरकारले सर्वसाधारणमाथि गरेको अत्याचार सहेर बस्न नसक्ने भन्दै ओबामाले सिरियामाथि सानो स्तरको आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।

सिरियाली भूमिमा अमेरिकी सेना भने नउतार्ने उनले स्पष्ट पारेका छन् । यता अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाको विषयमा अमेरिका चुप लागेर बसे सिरियाली जनतामाथि अन्याय हुने बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...