१९औं विश्व आदिवासी दिवस मनाइँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

१९औं विश्व आदिवासी दिवस मनाइँदै

Share This
२५ साउन । १९ औं विश्व आदिवासी दिवस आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।
हरेक वर्ष अगस्ट ९ मा मनाइने यो दिवसका अवसरमा यसपालि आदिवासी जनजाति महासंघको पहलमा साताव्यापी कार्यक्रम भइरहेका छन् ।
आदिवासी जनजातिको अभियान, पुर्ण समानुपातिक समावेसी प्रतिनिधित्व र पहिचानसहितको संघियताका लागि नयाँ संविधानसभाको निर्वाचन” भन्ने नाराका साथ नेपालमा आज १९ औ विश्व आदीवासी दिवस मनाइदैछ ।

दिवसको अवसरमा नेपालमा आदिवासी समूदायको हकअधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

आदिवासी जनजातिको अभियान, पूर्ण समानुपातिक, समावेशी प्रतिनिधित्व र पहिचानसहितको संघीयताका लागि नयाँ संविधानसभा निवार्चन’ नारासहित राजधानीमा झाँकी प्रदर्शनसमेत गरेको छ ।

कार्यक्रमपूर्व विभिन्न अन्तक्र्रियात्मक कार्यक्रम, मोटरसाइकल ¥यालीसमेत निकालेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here