मुगु जिल्लाका सरकारी कार्यालय कर्मचारी विहीन सेवाग्राही मर्कामा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मुगु जिल्लाका सरकारी कार्यालय कर्मचारी विहीन सेवाग्राही मर्कामा

Share This
१ भदौ । मुगु जिल्लाका धेरै जसो सरकारी कार्यलयहरु प्रमुख बिहिन बन्दा सेवाग्रही जनता मारमा परेका छन ।
मन्त्रालय र बिभागमा बार्षिक प्रतिवेदन पेश गर्ने भन्दै सदरमुकाम गमगढीमा रहेका सरकारी कार्यलयका प्रमुखहरुले असार मसान्तदेखि कार्यालय छाडेपछि मुगाली सेवाग्रहीहरु मारमा परेका हन । जिविस, जिल्ला प्राविधिक, स्वास्थ्य, कृषि, वन, महिला विकास, शिक्षा, पशुसेवा, अदालत, कोष तथा लेखानियन्त्रक, कारागार, निर्वाचन आयोग, घरेलु, रारा राष्टिय निकुञ्ज, भान्सार, नागरिक उड्डयन प्राधिकरण लगायतका सरकारी कार्यालयहरु अहिले प्रमुखविहीन बनेका छन् ।

यहाँका सरकारी कार्यलयमा सुब्बा, खरिदार र लेखापाल तहका कर्मचारीले निमित्त प्रमुखको अख्तियारी पाएका छन् । निमित्त प्रमुृख बनेका कर्मचारीसंग सिफारिसमा हस्ताक्षर गर्ने बाहेकका अन्य कुनै अधिकार नभएको जिविस मुगुका निमित्त स्थानिय विकास अधिकारी जनकबहादुर मल्लले बताउनु भयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here