संचारक्षेत्र समावेशी बनाउन सकिँदैनः संचारमन्त्री पौडेल

२७ साउन । सूचना तथा संचारमन्त्री माधव पौडेलले संचार क्षेत्रलाई समावेशी बनाउन नसकेको स्वीकार गर्नुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १४ औं स्थापना दिवसका अवसरमा आइतबार काडमाडौमा भएको एक कार्यक्रममा संचारमन्त्री पौडेलले आदिवासी जनजातिले यस विषयमा कुरा उठाउदै आए पनि कार्यन्वयन पक्ष भने फितलो रहेको स्विकार्नु भएको हो ।

मन्त्री पौडेलले संचार क्षेत्रलाई समावेशी बनाउन कानुुन नै बाधक रहेको समेत बताउनु भयो । मन्त्री पौडेलले कानुनी जटिलता रहे पनि कार्यान्वयनका लागि प्रयास गरिरहेको खुलासा गर्नु भयो ।

यस अघि महासंघले प्रभातफेरी गरेको थियो । काठमाडौको भृकुटीमण्डपबाट सुरु भएको ¥याली पुतलिसडक, बागबजार हुँदै प्रज्ञाप्रतिष्ठानमा पुगि सभामा परिणत भएको थियो । स्थापना दिवसका अवसरमा फोनिजले ३ जना जनजाति पत्रकारलाई आदिवासी जनजाती राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...