पहिरोका कारण पाल्पाका ग्रामीण सडक अवरुद्ध - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पहिरोका कारण पाल्पाका ग्रामीण सडक अवरुद्ध

Share This
३२ साउन । बर्षापछि गएको पहिरोले अवरुद्ध बनेका पाल्पाका ग्रामीण सडक मर्मत नहुंदा ग्रामीण भेगका बासिन्दा सास्ती खेप्न बाध्य भएका छन् ।
जिल्लाका सबै कच्ची सडक बिगत डेढ महिनादेखि बन्द भए पनि खुलाउन सरोकारवाला निकायको ध्यान नपुगेपछि सर्वसाधारणले सास्ती खेप्नु परेको हो ।

जिल्लाका २२ वटा ग्रामिण सडक पहिरोले बन्द भएको लामो समय बित्दा समेत गाविस, जिविस र उपभोक्ता समितिले पहिरो हटाउने काम गरेका छैनन् । सडक खुलाउन सडक डिभिजन कार्यालय र जिल्ला विकास समितिलाई ग्रामिण भेगका बासिन्दाले दवाब दिए पनि सुनुवाई नभएको गुनासो गरेका छन् ।
लामो समय ग्रामिण भेगमा यातायात अवरुद्ध हुदा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । बजारमा रहेका गोदामका खाद्यान्न समेत सकिएको व्यापारीहरुले बताएका छन् । सहकारी पसलहरुले रासायनिक मल समेत लैजान नसक्दा किसानहरु खेतवारीमा मल राख्नबाट बञ्चित भएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here