२९ साउन । रामेछापको खिम्ती गाविसमा बाढीसँगै गएको पहिरोका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
खिम्ती गाविस वडा नं २ बसपार्कमा स्थानिय खहरे खोलामा आएको बाढीले चार घर बगाउंदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रस्नालु गाविस वडा नं १ घर भई हाल खिम्ती बजार बस्ने भिम बहादुर तामाङ, उनकी श्रीमती बाटुली तामाङ, नाम नखुलेकी भिम बहादुरकै नाता पर्ने एक महिला रहेका छन् ।
त्यस्तै उनका छोरा १२ बर्षिय ढल्के तामाङ बेपत्ता भएका छन् । बाढीले स्थानिय कृष्ण पोखरेल, उत्तम बुढाथोकी, रामबहादुर बुढाथोकी र बैकुण्ठ श्रेष्ठको घर बगाएको छ । घटनामा ३ जना घाइते भएका छन् ।
खिम्ती गाविसकै वडा नं ४ कटुञ्जेमा शेरबहादुर थापाको घर भत्किंदा उनकी श्रीमती मिठु थापा , छोरी स्वस्थानी थापा, छोरा केदार थापाको मृत्यु भएको छ भने छोरा भरत थापा घाइते भएका छन् । त्यस्तै खिम्ती गाविसको वडा नं ३ मा एक घर भत्किंदा ११ बर्षिए सिता सुनुवारको मृत्यु भएको छ । बाढीले खिम्ती बजारमा रहेको पक्की पुल बगाउंदा रामेछापबाट काठमाडौं आउने यातायात प्रभावित भएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

पहिरोमा पुरिएर रामेछापमा ७ जनाको मृत्यु
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment