बालहिंसा विरुद्धको अभियान संचालन - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बालहिंसा विरुद्धको अभियान संचालन

Share This
दीपा आले ।
२२ साउन । बालबालिकाका माथि हुने हिंसाको अन्त्यकालागि हातेमालो गरौं, आवाज उठाऔं, लुकेका बाल हिंसालाई उजागर गरौं भन्ने मुल नारा सहित आज नेपालगन्जमा विभिन्न सरोकारवालाहरु बिच बाल हिंसा विरुद्धको अभियान शुभारम्भ कार्यक्रम गरेको छ ।
महिला तथा बालबालिका कार्यालय तथा जिल्ला बालकल्याण समन्वय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा बालबालिका माथि हुने हिंसालाई न्युनिकरण गर्नकोलागि बालबालिकाको क्षेत्रमा काम गर्ने १४ वटा गैरसरकारी संस्थाहरुले सहकार्य गरेको हो ।

बालबालिका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका प्रमुख सुरेन्द्र रानाका अनुसार नेपालको सुदुर तथा मध्येपश्चिम क्षेत्रका बालबालिका बढी हिंसामा परेको बताए । विभिन्न हिंसा खेप्न बाध्य बालबालिकाहरु जोखिममा भएको बताउंदै घर छोडि सडकमा आएका बालबालिकाहरु ५ हजार भन्दा बढी, १२ हजार बालबालिकाहरु विभिन्न कारणले भारत र खाडी मुलुकमा, ११ हजार देखि १३ हजार बालिकाहरु मनोरन्जनको बस्तु बन्न परेको र ५देखि १७ वर्षका बालबालिकाहरु अरुको घरमा काम गर्न बस्दा हिंसा भएको तथ्यांकले देखाएको बताए ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख शोभा शाह, प्रमुख जिल्ला अधिकारी जीवन वली, राष्टिय मानव अधिकार आयोग क्षेत्रीय संयोजक मुरारी खरेल, नागरिक समाजका भोला महत लगायतले बाल हिंसालाई रोक्न सबैको पहल हुनु पर्नेमा जोड दिएका थिए । बालहिंसा कार्यक्रम अबको ढाई महिनासम्म चल्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here