७० जना पूर्व लडाकुलाई उपसेनानीको जिम्मेवारी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

७० जना पूर्व लडाकुलाई उपसेनानीको जिम्मेवारी

Share This
१० भदौ । एकीकृत नेकपा माओवादीका ७० जना पूर्व लडाकुले सोमबारबाट नेपाली सेनाको उपसेनानी पदको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
कार्यक्रममा अध्यक्ष रेग्मी र प्रधान सेनापति गौरवशमशेर जवराले ४ जना महिला सहित ७० जना लडाकुलाई नेपाली सेनाको अधिकृत आयुक्तको रुपमा औपचारिक सेवामा प्रवेश गराउनुभयो ।
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले नेपालको सेना समायोजना प्रक्रिया विश्वकै लागि एक उदाहरणीय काम भएको बताउनुभएको छ ।

माओवादी लडाकुले सेवा प्रवेश गर्नुअघि लिएको तालिमले नेपाली सेनाको व्यवसायिक क्षमता बढाउन सहयोग पुर्‍याएको उहाँले बताउनुभयो ।
समायोजन रोजेका माओवादी पूर्वलडाकुलाई औपचारिक रुपमा नेपाली सेनामा सेवा प्रवेश गराउन सोमबार नेपाली सैनिक प्रतिष्ठान खरीपाटी भक्तपुरमा भएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
सोमबारदेखि औपचारिक जिम्मेवारी पाएपनि उनीहरु थप तीनमहिना ब्रिजिङ कोर्स गरेपछि मात्र बढुवा हुनेछन् । अधिकृतहरुलाई राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयमा जिम्मेवारी दिइनेछ । तालिममा पुरुष तर्फ केशवराज धामी र महिला तर्फ मिनाकुमारी बस्नेत उत्कृष्ट हुनुभएको छ ।

तालिम पूरा गरी औपचारिक रुपमा सेवा शुरु गर्नेमध्ये बासुदेश घिमिरे र माधब घिमिरे सहोदर दाजुभाई तथा रामबाहादुर लामा र बिमला पन्त लामा श्रीमान श्रीमती हुनुहुन्छ ।
यसअघि १३ सय ५२ जना पूर्व लडाकुले नेपाली सेनाको बिभिन्न पद सम्हालिसकेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here