
हिन्दु र मुसलिम समुदायका युवावीच तनाव वढ्दै जाँदा भिडन्त र आगजनी हुन थालेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाएको हो ।
दुई समूहबीच झडप बढ्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन अश्रु ग्यास पनि हानेको छ । प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । एक समूहका युवाले अर्को समूहका युवतीलाई जिस्क्याएको निहुँमा सुरु भएको विवाद झडपमा परिणत भएको हो । झडपमा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
गत सोमबार वोलबम मेला भर्न गएका तिर्थालु महिलाहरुलाई स्थानिय मुस्लिम यूवाहरुले जिस्काएर अभद्र व्यवहार गरेको नाममा बढेको तनाव अहिले गाउँमा हिन्दु र मुस्लिम तनावमा परिणत हुने खतरा बढेको जनाइएको छ ।
No comments:
Post a Comment