सरोकारवाला निकायको वेवास्ताका कारण खानेपानी आयोजना अलपत्र - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सरोकारवाला निकायको वेवास्ताका कारण खानेपानी आयोजना अलपत्र

Share This
२४ साउन । सरोकारवाला निकायको वेवास्ताका कारण दुई दशक अघि शुरु भएको बुटवल—सिस्नेखोला खानेपानी योजना अलपत्र परेको छ ।
नेपाल खानेपानी सँस्थानले २०५२ सालमा सुरु गरेको योजना संस्थानकै लापरबाही, र स्थानीयस्तरमा बढेको विवादले योजना अलपत्र परेको हो । तत्कालिन स्टिमेटअनुसार कुल ४ करोड ५० लाखको लगानीमा पाल्पा जिल्लाको झुम्सास्थित सिस्ने खोलाबाट १५ किलोमिटर पाईपलाइन बिछाएर बुटवलमा खानेपानी ल्याउने तयारी गरिएको थियो । विवादकै बीच कुल बजेटमध्ये ३ करोड ५० लाख खर्च भैसकेपछि योजना बन्द भएको हो ।

बुटवलमा दैनिक ३ करोड लिटर खानेपानीको माग भएपनि खानेपानी संस्थान, बुटवल नगरपालीका र बिभिन्न स्थानीय उपभोक्ता समुहको प्रयासमा १ करोड ९० लाख लिटर मात्र पानी बितरण भैरहेको छ । योजना सम्पन्न गर्न सके २० ईन्चको पाईपलाईनबाट दैनिक ८० लाख लिटर खानेपानी आपुर्ती हुने र त्यसले बुटवलको खानेपानी समस्या समाधान गर्ने बुटवलबासीको भनाई छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here