सहकारीमार्फत माछा र बंगुर पालन व्यवसाय शुरु

३० साउन । कृषि सहकारीको स्थापनापछि तनहुका युवाहरुले सहकारीमार्फत माछा र बंगुर पालन व्यवसाय सुरु गरेका छन् ।

तनहुँको ब्यास ११ स्थित शाहरा कृषि सहकारीमार्फत १७ जना युवाहरुले ७ रोपनी क्षेत्रफलमा माछा र बंगुर पाल्न थालेका हुन् । उनीहरुले फर्ममा चारवटा बंगुर र विभिन्न जातका थोरै माछाका भुराबाट थालेको व्यवसायलाई अझ विस्तार गर्ने तयारी गरेको बताएका छन् ।
करिव १६ लाख लगानी गरेका युवाहरुले स्वदेशमै केही गरौ भन्ने उदेश्यका साथ व्यवसाय सुरु गरेको बताएका छन् । उनीहरुले विदेशमा गर्ने दुख नेपालमै गर्दा त्याहाको भन्दा बढि आम्दानी हुने भएकाले अन्य यवालाई समेत स्वदेशमै काम गर्न आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...