चितवन बन्दले जनजीवन प्रभावित, विरामी बोकेको एम्बुलेन्स तोडफोड - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चितवन बन्दले जनजीवन प्रभावित, विरामी बोकेको एम्बुलेन्स तोडफोड

Share This
१७ साउन । कार्यकर्ता रिहाइको माग गर्दै योङ कम्युनिस्ट लिग (वाइसिएल)ले गरेको चितवनको जनजीवन प्रभावित भएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै वाइसिएल चितवनले भरतपुरको केन्द्रीय टर्मिनल बसपार्क चोकमा बिरामी बोकेको एम्बुलेन्स तोडफोड गरेका छन् ।
पूर्वी चितवनको पिप्लेबाट बिरामी लिएर भरतपुर आउँदै गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा पिप्लेको ना२च ४४८८ नम्बरको एम्बुलेन्समाथि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।तोडफोडबाट एम्बुलेन्सको अगाडिको सिसामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यसैबीच बन्दकर्ताले पूर्वी चितवनको जुटपानी–१ खोलेसिमल बजारमा एक हार्डवेयर पसलमा तोडफोड गरेका छन् । स्थानीय श्रेष्ठ हार्डवेयरमा मोटरसाइलमा पुगेका वाइसिएल कार्यकर्ताले बन्दको समयमा पसल खालेको भन्दै तोडफोड गरेका हुन् । पसलमा सामान्य क्षति पुगेको सञ्चालक ईश्वर श्रेष्ठले बताउनुभयो ।
बन्दका कारण यातायात, शैक्षिक संस्था, कलकारखाना, ठप्प रहेका छन् । भित्री सडकमा छिटफुटरुपमा केही सवारी साधन चले पनि मुख्य सडकमा सवारी साधन ठप्प रहेका छन् । अबैधरुपमा चन्दा संकलन गरेको अभियोगमा प्रहरीले मंगलबार वाइसीएलका ६ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here