पूर्वप्रधानमन्त्री मरिचमान सिंहको सम्मानकासाथ अन्त्येष्ठी गरिने

३१ साउन । सरकारले पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाली राजनीतिमा उहाँको ठूलो योगदान रहेको भन्दै सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेको हो ।
गएको वैशाख १७ गतदेखि सिकिस्त बिरामी परेका पूर्व प्रधानमन्त्री श्रेष्ठको विहीबार विहान तीनबजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

फोक्सोको क्यान्सरबाट ग्रसित श्रेष्ठलाई उपचारको लागि भारत लगिएकोमा उहाँकै आग्रहमा मंगलबार बेलुकी काठमाडौं ल्याइएको थियो । श्रेष्ठको पार्थिव शरीरलाई अहिले उहाँको निवास धापासीमा राखिएको छ । श्रद्धाञ्जलीपछि साढे चारबजे शवयात्रा गरेर पशुपति आर्यघाटमा अन्त्यष्टी गर्ने तयारी छ ।
सल्यानको खलंगामा विक्रम संवत १९९७ साल कात्तिक १७ गते श्रेष्ठको जन्म भएको थियो । श्रेष्ठ विक्रम संवत २०४३ साल जेठ ३१ गते नेपालको प्रधानमन्त्री बन्नुभएको थियो ।
जनआन्दोलन उत्कर्षमा पुगेको बेला उहाँले २०४६ साल चैत २३ गते प्रधानमन्त्री पद्बाट राजीनामा दिनुभएको थियो । त्यसअघि पनि उहाँ राष्ट्रिय पञ्चायतका अध्यक्ष हुनुहुन्थ्यो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...