नेकपा–माओवादी चुनावमा आए साथ दिने एमाले नेता नेपालको भनाइ

२ भदौ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा–माओवादी चुनावमा आए एमालेले साथ दिने बताउनु भएको छ ।

कास्कीको पोखरामा पुष्पलाल प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै नेता नेपालले नेकपा माओवादीलाई अरुले बेवास्ता गरेपनि एमालेले सहयोग गर्ने बताउनुभएको हो । उहाँले निर्वाचनबाटै देशले निकास पाउने भएकाले विकल्प नखोज्न नेकपा–माओवादीलाई आग्रह गर्नुभयो ।
नेता नेपालले नेकपा माओवादीलाई सहमतिमा ल्याउनकै लागि समानुपातिक सिटसख्या बढाएर ५ सय ८५ रहने व्यवस्था गरेको बताउनु भयो । आफ्नै पार्टीभित्रको विवादलाई सामान्य रुपमा लिन आग्रह गर्दै नेपालले अध्यक्षको निर्देशन सबैले मान्नुपर्ने बताउनुभयो । कुनै निर्णयमा अध्यक्षले गल्ती गरेपनि त्यसलाई पार्टीभित्रै समाधान गर्नुपर्ने नेपालको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...