१० भदौ । सिंगापुरमा भएको एसिसि इमर्जिङ्ग कप क्रिकेटको उपाधि भारतले जितेको छ ।
कलेंग क्रिकेट मैदानमा भएको फाइनल भिडन्तमा पाकिस्तानलाई ९ विकेटको फरकिलो अन्तरले पछि पार्दै भारतले उपाधि उचालेको हो ।
पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले लोकेश राहुलको ९३ रनको योगदानसँगै ३३ ओभर ४ बलमा १ विकेट मात्र गुमाएर पुरा गरेको थियो । जितका लागि भारतका प्रारम्भिक व्याट्सम्यान लोकेश राहुलले नटआउट सर्वाधिक ९३ रन जोडे भने मनप्रित जुनेजालले पनि आउट नभई ५१ रन बनाए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले ४७ ओभरमा सबै विकेट गुमाएर१ सय ५९ रन जोडेको थियो । पाकिस्तानका लागि उमर अहेडले ४१ रन जोड्नु वाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रर्दशन गर्न सकेनन् ।
बलिङ्गतर्फ भने भारतका बाबा अपराजितले ३ तथा सुर्यकुमार यदव र सन्दिप सर्माले समा २ – २ विकेट लिएका थिए । आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा समुह चरणका सबै खेलको नतिजा गुमाएको नेपाली टोली भने गत शुक्रबार नै स्वदेश फर्किसकेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment