२५ साउन । नेपालमा पछिल्लो समयमा महिला सिंहा तथा बलात्कारका घटना बढ्न थालेका छन् । रौतहटको भलुहियामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । स्थानीय १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको हो ।
घरमै सुतीरहेका बेला बालिकालाई छिमेकका दुई युवकले जबरजस्ती घरबाट तीनसय मिटर टाढा लगेर बलात्कार गरेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो ।
बालिकालाई उपचारका लागि जिल्ला अस्पताल गौरमा भर्ना गरिएको छ ।
प्रहरीले घटनामा संलग्नमध्य २५ वर्षका बच्चा महतोलाई पक्राउ गरेको छ भने घटनामा संलग्न रामबाबु तिवारी फरार छन् । तिवारीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

बलात्कारका घटनामा वृद्धि, १२ वर्षीया बालिका बलात्कारको शिकार
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment