बांकेमा पनि १९ औं विश्व आदिवासी दिवस धुमधामकासाथ मनाइँयो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बांकेमा पनि १९ औं विश्व आदिवासी दिवस धुमधामकासाथ मनाइँयो

Share This
दीपा आले ।
“१९ औ आदिबासी जनजाति दिवस २०७० को सन्दर्भमा आदिबासी जनजातिको अभियान ! समानुपातिक, समावेशी प्रतिनिधित्व र पहिचान सहितको नयां संघीयताकालागि नयां संविधान सभाको निर्वाचन” भन्ने मूल नारा सहित बांके जिल्लामा पनि विविध कार्यक्रम गरी यो दिवस मनाएका छन् ।
नेपाल आदिबासी जनजाति महासंघ बांकेको आयोजनामा आज नेपालगन्जको बौद्ध गुम्बामा भएको १९ औं विश्व आदिबासी जनजाति दिवसको उपलक्ष्यमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अब बन्ने नयां संविधान सभाको चुनावमा आदिबासी जनजातीको हक अधिकार सुनिश्चित गरिनु पर्ने बताए ।

दिवसको अवसरमा बोल्दै उनले अबको संविधान सभाको चुनावमा आफ्नो अधिकार सुनिश्चित गर्न स्यम आदिबासी जनजातिहरु एक जुट भएर आफै सक्रिय भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै आदिबासी जनजाति बौद्ध धर्म संघ बांकेका अध्यक्ष संजिव लामाले आदिबासी जनजातिको भाषा धर्म, संस्कृतिको जगेर्ना गर्न राज्यलाई आग्रह गरे । उनले भने हाम्रो संस्कृति, धर्म र पहिचानको जगेर्ना गर्नु राज्यको दायित्व हो । राज्यले जानी जानी आदिबासी जनजातिको अधिकारलाई बेवास्ता गर्छ भने हामी चुप लागेर बस्ने छैनौ हाम्रो लडाई भनेको पहिचान सहितको संघीतयता अबको संविधानमा लेखिनु पर्छ ।

नेपाल मगर संघ केन्द्रिय सदस्य पुर्णिमा थापामगरले अहिले पनि राज्यले समानुपातिक र समावेशीमा आदिबासी जनजातिहरुलाई राज्यले आंखामा छारो हाल्ने काम गरेको बताईन । उनले भने हामीलाई समानुपातिक, समावेशी प्रक्रिया र संरचनामा सरकारले ललिपप नदेखाए हुन्छ । त्यसको प्रतिकार गर्न हामी पछि हड्ने छैनौ ।
नेपालगन्जको गणेशपुर स्थित बौद्ध गुम्बाबाट निस्कीएको रयाली सेतु बिक चोक हुंदै त्रिबेणीचोक, घरबारीटोल, पुष्पलाल चौक बाट न्यूरोड हुंदै पुनः बौद्ध गुम्बामा आएर कोण सभामा परिणत भएको थियो ।

दिवसको अवसरमा नेकपा एमालेका निरक गुरु¨, राष्ट्रिय जनमुक्ति पार्टीका बल बहादुर रानामगर र एनेकपा माओवादीका प्रतिनिधि पिनु थापामगर, नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय सदस्य दीपा आले मगर, तामा¨ घेदु¨ संघका केन्द्रीय सदस्य मान बहादुर तामा¨, बौद्ध गुम्बाका पूर्व अध्यक्ष गुमानसिंह गुरु¨, कानुन ब्यवसायी यूग बहादुर गुरु¨, नेपाल मगर संघका अध्यक्ष धनसिंह रानामगर, नेपाल पत्रकार महासंघ बा“केका अध्यक्ष शुक्रऋषि चौलागाई नेवाःपुच बा““केका अध्यक्ष्ँ गजेन्द्रमान पति, नेपाल तामा¨ घेदु¨ बा“केका अध्यक्ष पूर्णमान तामा¨, आदिबासी जनजाति समन्वय परिषद बागेश्वरी गाविसका अध्यक्ष भिम बहादुर रानामगर लगायतले आदिवासी जनजातीहरु सबै एकजुट भएर अगाडि बढ्नु पर्ने, पार्टी भन्दा माथि उठेर जातीको हकहितमा लाग्नु पर्ने, भाषा, संस्कृति, धर्म, परम्परालाई जगेर्ना गर्नु पर्ने र समानुपातिक, समावेशी र पहिचान सहितको संघीयता अबको नयां संविधानमा लेखिनु पर्ने विषयमा राज्यको ध्यान जानु पर्ने लगायतका पक्षमा जोड दिएका थिए ।

महासंघका कोषाध्यक्ष उमा थापामगरले गरेको सहजिकरणमा कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष डम्मर थापामगरले गर्नु भएको थियो भने कार्यक्रम संचालन महासंघका उपाध्यक्ष मंगल चौधरीलेगर्नु भएको थियो । कार्यक्रममा आदिबासी जनजातिहरुले आ आफ्ना भेषभुषामा सजिएर सांस्कृतिक नृत्य समेत गरेका थिए । दिवसको अवसरमा बांके, बर्दियाका विभिन्न गाविसहरुबाट आदिबासी जनजातिहरु कार्यक्रममा सहभागी भएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here