पहिरोको पीडा भोग्दै बाजुरेली हलियाहरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पहिरोको पीडा भोग्दै बाजुरेली हलियाहरु

Share This
कृष्ण ओली ।
२० साउन । बाजुरा जिल्लाको पीपलडालीका १९ परिवार हलिया राती अरुको गोठमा सुत्ने गरेका छन् । पानी पर्नासाथ घरहरु पहिरोले पुर्ने हो कि भन्ने डरले स्थानीय हलियाअरुको गोठमा बस्न बाध्य भएका हुन् । आकाशबाट पानी पर्नासाथ आफ्नो घर छोडेर अरुको गोठमा गएर रात काट्नु परेको स्थानीय मुक्त हलिया गंगाराम लवारले बताउनुभयो । गाउँमा बसोबास गर्ने १सय २५ बढी परिवार नै पहिरोको उच्च जोखिममा रहेका भएपनि १९ हलिया परिवारलाई बढी समस्या परेका छन् ।
२०६९ साल जेठ १८ गते चार जनाको ज्यान लिने गरी आएको पहिरोको त्रास अझै पनि उनीहरुमा छ । अधिकांश रातहरु नसुतेरै बिताउने गरेको उनीहरु बताउँछन् । अरुको घरमा काम गरेर परिवार पाल्दै आएका हलियालाई बसाइ सर्ने अर्को विकल्प नभएपछि पहिरोले आधा भासिएकै घरमा बस्नु पर्ने बाध्यता रहेको छ ।

पीपलडालीमा दिनमा पनि पानी पर्दा पहिरो बग्ने गरेको छ । भुगर्व विभागले समेत पीपलडाली उच्च जोखिममा रहेको र तत्काल पुनरस्थापना गर्न सुझाव दिइसकेको छ । उसोत गाउँ नै विस्थापीत हुनेगरी आएको पहिरोबाट पीडितलाई राहत दिन बाजुरा पुगेका तत्कालिन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टाराईले पनि बाँधु बासीलाई पुनरस्थापना गर्ने आश्वासन दिएर जानु भएको थियो ।

दिनमा मात्र जीवन छ, राती माथिबाट कति बेला पहिरो आएर लाने हो, ईश्वरलाई थाह होला, स्थानीय धने सार्कीले बताउनुभयो । उनीहरुले गाउँकै पुनरस्थापनाका लागि माग गर्दै आएका भएपनि सुनुवाई भने कतै बाट हुन सकेको छैन ।

गाउँमा आएको पहिरोको अवशेष जस्ताको त्यस्तै रहेपनि स्थानीयले भने पुन त्यहि ठाउँमा घर लगाएर बास बस्ने गरेका छन् । पानी पर्नासाथ गाउँमाथि रहेको चट्टान फुट्ने भएकोले उनीहरु रातभर जागराम बस्ने गरेका छन् । आफै हलिया, त्यसैमा साहुले दिएको जमिनमा बनाएका घर छाना पनि पहिरोले बगाएर लगेपछि उनीहरुलाई पीडा माथि झन पीडा थपिएको हलिया अधिकार कर्मी टिका विकले बताउनुभयो ।
पहिरोबाट स्थानीय ३० बढी गैर दलित समुदायका मान्छे पनि प्रत्यक्ष प्रभावित बनेको स्थानीय जयलाल कार्कीले बताउनु भएको छ ।

बाँधु बासीले गाउँ नजिकैको बाटुली पाटनमा भएपनि आफूहरु बस्न तयार रहेको बताउँदै आएका छन् । तर सरकारी पक्षबाट यस विषयमा कुनै पहल हुन सकेको छैन । बाँधुको पीडाल डाली जस्तै जिल्लाका अन्य दर्जनौ बस्ती पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

पहिरोबाट बह्मतोला अम्मकोट, बजेडी, जगन्नाथको साँउने गाँउ, कैलाशमाण्डौंको कालापानी, बाह्रविसको जुवापानी, जुगाडाको पाटा, कुल्देवमाण्डौंको निमनी, सदरमुकाम मार्तडीको जिल्ली, आटीचौरको, गुम्लागाउँ, साप्पाटाको रुडीलगायतका बस्तीहरु पहिरोको जोखिममा छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here