एमाले चुनाव केन्द्रित अभियानमा

५ भदौ । नेकपा एमालेको मंसिर गते हुने दोस्रो संविधानसभाको चुनाव केन्द्रित अभियान चलाउने भएको छ ।

काठमाडौमा बुधबार सुरु भएको एमाले स्थायी कमिटी बैठकले एमालेलाई आगामी चुनावमा पहिलो पार्टी बनाउने गरी जनताका बिचमा जाने निर्णय गरेको हो । चुनाव केन्द्रित एक महिने अभियान सकेको एमाले बैठकमा जनताका घरघरमा जाने विषयमा छलफल भएको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

चुनावमा एमाले पहिलो पार्टी बन्ने पार्टीको मूल्याङ्कनसहित मधेशी समुदायलाई लक्ष्ँित गरेर अभियान चलाउने विषयमा पनि छलफल भएको महासचिव पोखरेलले बताउनुभयो । युवा संघमा देखिएको विवादलाई आन्तरिक छलफलका माध्यमबाट समाधान गर्ने निर्णय स्थायी कमीटीले गरेको छ । स्थायी कमीटीको अर्को बैठक भोलि १ बजे बस्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...