कञ्चनपुरमा जंगली हात्तीको आतंक - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कञ्चनपुरमा जंगली हात्तीको आतंक

Share This
१३ भदौ । कञ्चनपुरका तीन गाविसमा जंगली हात्तीको बथानले ४२ घर भत्काउनुका साथै अन्नबाली नष्ट गरेको छ । जंगली हात्तीले शंकरपुरमा १७, देखतभूलीमा १४ र बाईसीबिचुवामा ११ घर भत्काएको हो ।
भारतको दुदुवा नेशनल पार्कबाट नेपाल प्रवेश गरेका करिब ४० वटा जंगली हात्तीको बथान बस्तीमा पसेर आतंक मच्चाएपछि स्थानीयवासी त्रसित बनेका छन् । हात्तीको बथान नजिकैको लालझाडी जंगलमा बसेकाले स्थानीयबासिन्दा त्रसित बनेका छन् । हात्तीको बथानले घर भत्काउनुका साथै धान र उखु खेतीसमेत नष्ट गरेको छ । बाईसीबिचुवा गाविसमा मात्रै ४०÷५० विगाहा धान खेती र ५ विगाह उखु खेती नष्ट गरेको स्थानीयको भनाइ छ । जंगली हात्तीले बस्तीमा आतंक मच्चाउन थालेपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको संयुक्त टोली प्रभावित क्षेत्रमा पुगेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट सह–सेनानी विनोद जिसीको नेतृत्वमा खटेको ३० जना नेपाली सेनाको टोली तीन दिनदेखि बाईसीबिचुवा गाविस कार्यालयको हलमा बसिरहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here