प्रहरीबाट गुण्डा नाइके दीपक मनाङेलाई विशेष अदालतमा पेश - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्रहरीबाट गुण्डा नाइके दीपक मनाङेलाई विशेष अदालतमा पेश

Share This
२ भदौ । प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका राजिव गुरुङ अर्थात दीपक मनाङेलाई आइतबार अदालतमा पेश गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मनाङेलाई विशेष अदालतमा पेश गरेको हो । ब्युरोको टोलीले मनाङ्गेलाई शुक्रबार पक्राउ गरेको थियो । ठमेल क्षेत्रलाई आधार बनाएर संगठित रुपमै आपराधिक गतिविधिमा सक्रिय देखिएका मनाङेको सम्पत्ति स्रोेत सिआइबीले करिब दुई वर्ष लगाएर अनुसन्धान गरेको थियो ।

आर्थिक कारोबार र लगानीलगायत गरी खुलेकोमध्ये १४ करोड ७३ लाख रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मनाङे विरुद्ध गत जेठ ५ गते मुद्दा दायर गरेको थियो । अदालतले हाजिर हुन आउन पटक–पटक म्याद दिए पनि उनले म्यादको अवज्ञा गरेका थिए । उनीसँगै मुद्दा दायर गरिएका पर्शुराम बस्नेत, गण्ँेश लामा र चक्रेमिलन भने अदालतमा हाजिर भएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here