यूईएफए च्याम्पियन्स लिग फुटबलका लागि आर्सनल छनोट - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

यूईएफए च्याम्पियन्स लिग फुटबलका लागि आर्सनल छनोट

Share This
१२ भदौ । इंग्लिस क्लब आर्सनल यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताका लागि छनौट भएको छ । घरेलु मैदानमा गएराति भएको दोस्रो लेगको खेलमा आर्सनलले टर्किस क्लब फेनरबाचेलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्न सफल भएको हो ।
आर्सनलले फेनरबाचेलाई समग्रमा पाँच–शून्य गोलको जित निकाल्दै च्याम्पियन्स लिगमा स्थान पक्का बनाएको हो । आर्सनलका लागि खेलको २५ औ मिनेटमा राम्सीले पहिलो गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा एक–शून्य गोलअन्तरले अगाडि रहेको आर्सनलका लागि ७२ औ मिनेटमा पुनः राम्सीले दोस्रो गोल गरेपछि फेनरबाचे स्तब्ध भएको थियो । यसअघि भएको पहिलो लेगको खेलमा आर्सनलले फेनरबाचेलाई तीन–शून्य गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, गएराति नै भएको अर्को खेलमा दिन जाग्राबले अस्ट भियनालाई तीन–दुई गोलअन्तरले तथा साल्केले पावक सालोनिकालाई दुईका विरुद्ध तीन गोलअन्तरले पराजित गर्न सफल भएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here