बर्डफ्लुले कुखुरा मर्न थाले पछि व्यवसाय नै धरापमा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बर्डफ्लुले कुखुरा मर्न थाले पछि व्यवसाय नै धरापमा

Share This
१८ साउन । बर्डफ्लुका कारण दैनिक जसो २० देखि २५ हजार कुखुरा नष्ट हुन थालेपछि कृषकहरुको व्यवसाय धरापमा परेको छ ।
बर्डफ्लु बढेपछि कृषकको करोडौं रुपैयाँ जोखिममा परेका हो । कृषि विकास मन्त्रालयले बर्डफ्लुको जोखिम बढ्न थलेपछि कुखुरा ओसारपसारमा रोक लगाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकका अनुसार एक हप्तासम्मका लागि कुखुरा ओसारपसारमा रोग लगाइएको हो ।

रोगी कुखुरा नष्ट गर्दा सरकारले दिने राहत कम हुने भएकाले व्यवसायीले सक्रमित कुखुरा बेच्ने गरेका छन् । हालसम्म १८ जिल्लामा सक्रमण फैलन पुगेको छ ।
एक सातामा पनि नियन्त्रणमा नआए पुनः छलफल गरी अर्को व्यवस्था गर्ने मन्त्रलयले जानकारी दिएको छ । बर्डफ्लु नियन्त्रणका लागि कम्तीमा पनि २१ दिन पूर्णरुपमा प्रतिबन्ध लगाए मात्र सम्भव हुन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here