२० साउन । भारतले जिम्वाव्वेबिरुद्धको पाँच एकदिवसीय क्रिकेट श्रृखला क्लिनस्विप गरेको छ ।
अन्तिम एकदिवसीयमा जिम्वाव्वेलाई ७ विकेटले पराजित गदै भारतले श्रृखला ५–० ले टुंग्याएको हो । क्वीन्स स्पोर्टस क्लवमा सम्पन्न अन्तिम
एकदिवसीयमा भारतले जिम्वाव्वेलाई ७ विकेटले पराजित गरेको हो ।
पहिलो व्याटिङ गरेको जिम्वाव्वे ३५ ओभर ५ बलमा अलआउट हुँदै एक सय ६३ रन बनाएको थियो । उसका लागि सिन विलियम्सले सर्वाधिक ५१ रन बनाएका थिए ।
जवाफी व्याटिङ गरेको भारतले अजिन्का राहनेको अर्धसतकको मद्दतले ३ विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टाएको थियो । भारतले ३४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । भारतको इनिङमा रबिन्द्र जडेडाजले नटआउट ४८ रनको योगदान दिए । यस्तै ओपनर शिखर धवनले ४१ रनको योगदान दिए ।
बलिङतर्फ भारतका अमित मिश्राले ५ विकेट लिए । जिम्वाव्वेका केल जारभिसले दूई विकेट लिए । श्रृखलाको म्यान अफ द सिरिज भारतका अमित मिश्रा घोषित भए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment