राष्ट्रियता र स्वाधिनता बचाउन साझा एजेन्डा आवश्यक

३ भदौ । एकिकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराइले राष्ट्रियता र स्वाधीनता बचाउन साझा एजेण्डा आवश्यक रहेको बताउनु भएको छ ।

काठमाडौंमा सोमबार सुरु भएको चुरेभावर राष्ट्रिय एकता पार्टीको दोश्रो अधिवेशनमा नेता भट्टराइले असमान सन्धि सम्झौता सच्याउन र देशमा बढ्दो हस्तक्षेप रोक्न दलहरूबीच साझा एजेण्डा हुनुपर्ने बताउनु भएको हो । उहाँले एकीकृत माओवादी राष्ट्रिय स्वाधीनता र आर्थिक समृद्धिको बाटोमा अघि बढेको भन्दै संयुक्त एजेण्डा बनाउन अन्य दलहरुसँग आग्रह गर्नुभयो ।

नेता भट्टराइले उत्पीडित वर्गको मुक्तिका लागि नयाँ संविधान अपरिहार्य भएको भन्दै मंसिर ४ को निर्वाचन कुनैपनि बहानामा सार्न र टार्न नहुने बताउनुभयो । कार्यक्रममा एमाले नेता भीम रावलले दिगो शान्ति र स्वाधीनताको रक्षाका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभयो । उहाँले आगामी संविधान सभाले पनि संविधान दिन नसकेको जनमत संग्रहबाट संविधान बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्री न्यौपानेले देशको स्वाधीनता बचाउने र उत्पीडित समुदायलाई अधिकार दिलाउने मुद्दामा पार्टी कटिबद्ध रहेको बताउनुभयो ।
भोलिसम्म चल्ने चुरेभावर राष्ट्रिय एकता पार्टीको महाधिवेशनबाट दोस्रो कार्यकालको लागि नयाँ नेतृत्व चयन, पार्टीको बिधान परिमार्जन र चुनावी एजेण्डा तय हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...