चाँदवाग स्कुलमा खाना पकाउने प्रतियोगिता (फोटो फिचर) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चाँदवाग स्कुलमा खाना पकाउने प्रतियोगिता (फोटो फिचर)

Share This
२७ साउन । सँधै प्याकेटका जंक फुडमात्रै किनेर खाँदै आएका विद्यार्थीहरुबीच आफैंले घरमा स्वस्थकर खाजा बनाउन सकुन भन्ने ज्ञान दिने उद्धेश्यले महाराजगञ्ज बाँसबारीस्थित चाँदवाग स्कुलले आइतबार विद्यार्थीवीच खाना पकाउने प्रतिष्पर्धा नै आयोजना गर्यो ।
चौधरी समूहद्धारा सञ्चालित चाँदवाग स्कुल अन्तर्गतको चाँदवाग स्काउट समूहका ९ वटा अलगअलग समूह, बुढानिलकण्ठ स्कुल बुढानिलकण्ठ, लिट्टिल रोज स्कुल चक्रपथ महाराजगञ्ज र स्नोल्याण्ड रानाग लाइट अफ एजुकेशन स्कुल, बुढानिलकण्ठका गरि १५० जना विद्यार्थीले सो प्रतियेगितामा भाग लिएका थिए । प्रतियेगिताको चाँदवाग स्कुलका प्रिन्सिपल भुषण गूरुंग, तथा प्रमुख प्रशासक प्रदीप पन्तले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा विद्यार्थीहरुले ग्यास चुल्होका साथै स्टोभमा विभिन्न परिकारका खाना बनाएर प्रदर्शन समेत गरेका थिए । उनीहरुले पकाएको खाना चाँदवाग स्कुलका संयोजक प्रदीप बज्राचार्य, स्काउट गुरुहरु बलराम प्यासी, विश्व श्रेष्ठ, दिव्यश्वरी श्रेष्ठका साथै फ्रान्सबाट आएका ६ जना युवा स्काउटले त्यसको मल्यांकन गरेका थिए । फ्रान्सेली स्काउट टोलीमा ओलिभर, ग्रेगोरी, लियोनेल, मार्गाे, लुसीर जेन्ने थिए ।
सरसफाई, खानाको परिकार, समूहगत कार्य, प्रदर्शनीलगायतका विषयमा मुल्यांकनको आधारमा लिट्टिल रोज स्कुल चक्रपथ महाराजगञ्ज पहिलो र बुढानिलकण्ठ स्काउट समूह दोस्रो भयो । पहिलो भएको टोलीमा प्रज्ञा दाहाल, रोशना अर्याल, सुजाता कार्की, सपना गुरुंग, उदय रानामगर, प्रतिभा गौतम , धरणीधर मिश्र र सिजन प्रसाई थिए ।
यसैगरि आयोजक चाँदवागको ९ वटा समूहमध्ये कुक्कु चरासमूह पहिलो भयो ।सोसमूहमा स्वेताष्मा राणा, स्तुति पंगेनी, तितिक्षा भण्डारी, वर्षा तामांग, पुनम बुढा र रश्मि बुढा थिए ।
प्रतियेगिताका उत्कृष्टलाई चाँदवाग स्कुलका संयोजक प्रदीप बज्राचार्यले पुरस्कारका साथैसहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र दिएका थिए । खाना पकाउने प्रतियोगितापछि विद्यार्थीहरुले नाचगानसमेत गरेर रमाइलो गरेका थिए ।
स्काउटहरु आत्मनिर्भर र स्वावलम्वी हुनुपर्ने सिद्धान्तअनुसार उनीहरुलाई एक्लै या समूहमा बस्दा मिलेर खाना पकाउन सकुन भनेर यस्ता प्रतियेगिता आयोजना गरिएको स्काउट शिक्षक विश्व श्रेष्ठले बताए । सोहीसमारोहमा विद्यालयका प्रिन्सिपल भुषण गुरुंगले चाँदवाग स्कुलका नवदिक्षित स्काउटलाई स्कार्फ तथा स्काउट गुरु विश्व श्रेष्ठले दिक्षा दिएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here