रौतहटमा ट्राफिक प्रहरीलाइ सम्मान

४ भदौ । रौतहटको पौराईमा स्थानीय नागरिक, राजनीतिक दलले ट्राफिक प्रहरीलाई सम्मान गरेका छन् । ट्राफिक ब्यबस्थापनमा उल्लेखनिय कार्य गरेको ट्राफिकका प्रहरी सहायक निरिक्षक राम बहादुर मग्राती र ट्राफिक प्रहरी हवल्दार शिब खरेललाई सम्मान गरिएको हो ।

उनीहरुले ट्राफिक ब्यबस्थापन, सडक दुर्घटना न्युनिकरण, ब्यबस्थित पार्किङ्ग लगायत उल्लेखनिय कार्य गरेको र उनीहरुको योगदान प्रशंसनिय रहेको भन्दै सम्मान गरिएको हो ।
दुबै लाई नागरिक कदरपत्र, मायाको चिनो, दोसल्ला र खाँदा ओडार सम्मान गरिएको स्थानीय गोपाल घिमिरेले बताए । दुबैजनाले आफनै पहलमा राजमार्गमा पर्ने ट्राफिक प्रहरीको दुईकोठे पक्कि भबन समेत निमार्ण गर्न सफल भएका हुन । मध्यक्षेत्रको मकबानपुर, बारा, रौतहट, सर्लाही, महोतरीका जिल्ला ट्राफिक प्रहरी कार्यालयको भबन निर्माणका लागि उनीहरुले प्रमुख भूमिका खेलेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...