प्रेमिकाको हत्या गर्ने मोहन रानामगर पक्राउ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्रेमिकाको हत्या गर्ने मोहन रानामगर पक्राउ

Share This
२७ साउन । प्रहरीले बबिता गुरुङ हत्याको आरोपमा उनकै पूर्व प्रेमी भनिने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको विशेष टोलीले हत्याको प्रमाणका आधारमा काभे्रका मोहन रानामगरलाई पक्राउ गरि सार्वजानिक गरेको हो ।

प्रहरीका अनुसार रानाले गत साउन २२ गते काठमाडौंको सुन्धारास्थित पर्वत शिखर गेष्ट आउसमा लगेर बविताको हत्या गरेका थिए । गल्फुटारकी बविता गुरुङ र हत्या आरोपमा पक्राउ परेका रानाबीच करिव ३ वर्ष देखि प्रेम सम्वन्ध रहेको प्रहरीले जनाएको छ ।

करिव ४ वर्ष पहिला फेसबुकबाट भेट भएका गुरुङ र रानाबीच प्रेम सम्बन्ध भए पनि गुरुङले ३ महिना पहिले अर्कैसँग बिहे गरेका कारण हत्या गरेको अभियुक्त रानाले स्वीकार गरेका छन् । रानाले गुरुङलाई छुरीले घाँटी रेटेर हत्या गरी फरार भएका थिए । गुरुङको शव होटलको बाथरुममा फेला पारिएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here