जम्मूकश्मीर क्षेत्रमा पाकिस्तानी सेनाबाट पुनः गोलाबारी

२७ साउन । भारत प्रशासित जम्मूकश्मीरको अखनूर सेम्टर स्थित भारत र पाकिस्तानको कानाचक सिमा क्षेत्रमा पाकिस्तानी सेनाले पुन गालीबारी गरेको छ ।

पाकिस्तानी सेनातर्फबाट गरिएको गोलीबारीमा भारतीय सेना तर्फ कुनै हताहत नभए पनि एक सैनिक घाइते भएको बताईएको छ । पाकिस्तानी सेनाले करिब ४० मिनटसम्म लगातार गोलीबारी गरेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

सिमा सुरक्षाबलका एक सैनिक घाइते भइ उनलाइ अस्पताल भर्ना गरिएको बताइएको छ । भारतीय पक्षबाट कुनैप्रकारको प्रतिकार नगरिएको जनाइएको छ । गत हप्ता पाकिस्तानी सेनाले भारतीय भूमीमा प्रवेश गरि पाँच भारतीय सैनिकलाइ मारेका थिए । यसैबिच शनिवार पनि पाकिस्तानी पक्षबाट लगातार रुपमा गोलीबारी भएको भारतीय पक्षले दाबी गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...