कालीगण्डकी नदीमा पानीको वहाव बढेपछी स्ट्रिमर बन्द - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कालीगण्डकी नदीमा पानीको वहाव बढेपछी स्ट्रिमर बन्द

Share This
२२ साउन । कालीगण्डकी ए जलविद्युत केन्द्रको बांधका कारण कालीगण्डकी नदी विशाल जलाशयमा परिणत भएपछि सञ्चालित स्ट्रिमर बन्द भएको छ ।
स्याङ्जाको श्रीकृष्णगण्डकी गाविस स्थित मिर्मी आंधीमुहानदेखि सेतीबेनीसम्म सात किलोमिटर दुरीमा सञ्चालित स्ट्रिमर पानीको बहाव बढेपछि बन्द गरिएको हो ।

वर्षायाममा नदीमा पानीको सतह बढ्ने, बाढी आउने र कालिगण्डकी ए जलविद्युत विभागले आवस्यकता अनुसार ढोका बन्द गर्ने र खोल्ने भएकाले स्ट्रिमर र यात्रुको सुरक्षा खतराका कारण असारको अन्तिम सातावाट उक्त सेवा बन्द गरेको शिला शालिग्राम जलयातायात समितिले जनाएको छ ।

गत वर्ष दुईवटा स्ट्रिमर बगाएपछि यसवर्ष थप सुरक्षा सर्तकता अपनाईएको समितीले जनाएको छ । स्ट्रिमर बन्द भएपछि स्थानीयबासीलाई आवतजावत र मालसामान ढुवानी ठप्प भएको छ । मिर्मीको आधिमुहानदेखि सेतीबेनीसम्मको ७ किलोमिटर जलयातायातमा दैनिक ५ सयदेखि ७ सयसम्म यात्रु तथा पर्यटक आवतजावत गर्दै आएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here