हेल्लो सरकारमा कति उजुरी परे, कति कार्यान्वन भए र कस्ले वेवास्ता ग¥यो ?

१ भदौ । दुई वर्षको अवधिमा हेलो सरकारमा हालसम्म करिब २४ हजार उजुरी परेका छन । करीब २२ हजार उजुरी कार्यान्वयन भएका वा सम्बन्धित निकायलाई निर्देशन दिइएको हेलो सरकारको प्रतिवेदन छ । त्यसो त हेलो सरकारमा आएका उजुरी सम्बोधन नगर्ने सरकारी निकायको तथ्याङ्क पनि प्रतिवेदनमा छ ।

राज्यका विभिन्न निकायमा हुने काम कारबाही र सुशासनको प्रत्याभूति दिन भन्दै ०६८ कार्तिक १७ बाट सुरु गरिएको हेलो सरकारमा गएको असारसम्म २३ हजार ९ सय ८३ उजुरी परेका छन । शुक्रबार सार्वजनिक गरिएको हेलो सरकारको प्रतिवेदनअनुसार परेकामध्ये २२ हजार ४ सय ४६ उजुरी फस्र्यौट गरिएको छ । प्रतिवेदनअनुसार हेलो सरकारमा गुनासो बढी पर्ने निकाय हो, गृह मन्त्रालय । गुनासो बढी पर्ने अञ्चलमा वागमती र जिल्ला मोरङ हो । धेरै जसो सामाजिक प्रशासनिक प्रकृतिका गुनासाहरु धेरै आएको जनाइएको छ ।

हेलो सरकार डेस्कले परेका उजुरी फस्र्यौट भए नभएको पनि तथ्याङ्क राखेको छ । गत वर्ष परेका उजुरी एक वर्षसम्म पनि फस्र्यौट नगर्ने सरकारी निकायमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय एक नम्बरमा छ ।

त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल टेलिकम र निर्वाचन आयोगले पनि हेलो सरकारमा परेका उजुरी सम्बोधन गरेका छैनन् । सुरुवातमा राजनीतिक वृत्तमा उपलब्धीका रुपमा नहेरिए पनि जनस्तरमा भने हेल्लो सरकारको प्रशंसा भएको थियो । तर बिस्तारै यसको लोकप्रियतामा कम हुदै गएको तथ्य देखिन्छ ।

फोन, फ्याक्स र इमेलबाट उजुरी सुन्ने मात्र कार्यान्वयन नगर्ने हो भने जनताको विश्वास लामो समयसम्म रहला भन्न सकिन्न । हेल्लो सरकार पपुलिष्ट मुभमेन्ट मात्र नभइ जनतासंग सरकारले थालेको संवाद हो भन्ने पुष्टि गर्न पनि सरकारले जनताको गुनासा र सुझाव कार्यान्वनय गरेरै देखाउनुपर्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...